नियम १९
क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको अभिलेख व्यवस्थापन

(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनस“ग सम्बद्ध कर्मचारीलाई क्यासिनो स्थलमा प्रवेश
गर्नको लागि परिचयपत्र जारी गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनस“ग सम्बद्ध कर्मचारी र खेलाडीको लागि क्यासिनो प्रवेश मार्ग अलग अलग रुपमा बनाउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालनस“ग सम्बद्ध कर्मचारी र खेलाडी क्यासिनो स्थलमा प्रवेश गर्दा र बाहिर निस्कदा रजिष्टरमा समय जनाएर प्रवेश गर्ने र निस्कने व्यवस्था मिलाई सो प्रयोजनको लागि छुट्टा छुट्टै रजिष्टर राख्नु पर्नेछ ।
(४) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा प्रवेश गर्ने व्यक्तिको परिचयपत्र स्क्यान गरी अनुसूची–५ बमोजिमको ढा“चामा अभिलेख राख्नु पर्नेछ ।
(५) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (३) र (४) बमोजिमको रजिष्टर तथा अभिलेख एक वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(६) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (३) र (४) बमोजिमको रजिष्टर तथा अभिलेख मन्त्रालयबाट माग भएको बखत उपलब्ध गराउनु पर्नेछ ।